काठमाडौं । चौधरी ग्रुप अन्तर्गत वाइ वाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको केहिदिनमै अन्डर-१९ महिला क्रीकेट टिम र अन्य क्रिकेट गतिबिधि संचालनका लागि ३०/३० लाख रुपैयाँ गरी ६० लाख सहयोग गर्ने भएपछि सिजी ग्रुपको चौतर्फी प्रशंसा भइरहेको छ।

विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई ३० लाख रुपैयाँ तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि ३० लाख रुपैयाँ गरी ६० लाख सहयोग गर्न लागेको चौधरी ग्रुपको खेलकुदप्रतीको लगाब, प्रोत्साहन, उत्साह र समर्थनलाई लिएर प्रशंसा भइरहेको हो।

चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले ६० लाख सहयोग गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

वाइ वाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा समेत गरेको छ । जसअनुसार जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद रू ३० लाख पुरस्कार दिने सीजी फुड्स नेपालले जनाएको छ।
यसका साथै वाइ वाइ चाउचाउले जारी विश्वकपमा नेपालको जीतको श्रृखंला अगाडि बढाउन खेलाडीहरुको मनोबल उच्च पार्ने उदेश्यले अन्य विभिन्न पुरस्कारहरुको पनि घोषणा गरेको छ।

प्रत्येक जितमा एक लाख ५० हजार र अर्धसतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ। प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौकामा ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ प्रदान गर्ने वाइवाइले जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

यसरी नेपालको खेलकुदको बिकासका लागी चौधरी समुहको लगाब, प्रोत्साहन, उत्साह र समर्थनलाई लिएर चौतर्फी प्रशंसा भईरहेको छ। त्यसो त क्रीकेटसँगै फुटबल, पिकलबल लगायतको खेलहरुमा सिजीले प्रायोजन र प्रोत्साहन गर्दै आइरहेको छ। नेपाल सुपरलिग (एनएसएल) सुरु गरेको सिजी ग्रुपले केहि महिनाअघि नेपाल सुपरलिग अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिताको प्रायोजन समेत गरेको थियो।

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com