काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्काल कारबाही गर्न १९ वटा टोली अनुगमनमा खटाएको छ ।                                                            तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर  आयोगले तुलनात्मक रुपमा संवेदनशील ठानिएका स्थानमा १९ टोली परिचालन गरेको हो ।

३० वैशाखमा हुने निर्वाचनका लागि आज (मंगलवार ) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा कुनै पनि माध्यमबाट  निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका गतिविधि गर्न नपाइने निर्वाचन आयोगले बताएको छ । जस अन्तर्गत मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको  देखिएमा तत्काल कारबाही गर्न सक्ने अधिकार सहित उक्त टोलि खटाएको प्रबक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए  ।                                                    त्यस्तै सामाजिक सञ्जालमा झुठा सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएको पाइएमा पनि टोलीले तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउने पनि बताईएको छ । साथ साथै राजनीतिक दल वा उम्मेदवारले प्रचार प्रसारका सामग्री राखेको भए हटाउनुपर्ने पनि  प्रबक्ता पौडेलले बताए ।

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com