काठमाडौं । नेपाल जेसीजको आयोजना तथा कपन जेसीजको आतिथ्यतामा नेपाल जेसीज क्षेत्र ‘ग’ शाखाका महासचिवहरुको लागि २ दिने शसक्तीकरण कार्यक्रम ‘ह्यपिहिल रिसोर्ट’ बुढानिलकण्ठ हाईटमा सुरु भएको छ ।

कार्यक्रमको समुद्घाटन बुढानिलकण्ठ नगरपालिका वडा नं.१० का वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले गमलामा पानी हालेर गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त जेसी सुयोग खरेल, कपन जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी एलिना महर्जन, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी गणेश सापकोटा ,राष्ट्रिय महासचिव जेसी सरोज अधिकारी, ‘ग्रोथ एण्ड डेभलपमेन्ट कमिटी’ प्रमुख जेसी विकास सापकोटा, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी जीवन कार्की तथा जेसी रजनी थापा र बालाजु जेसीजका शाखा अध्यक्ष जेसी राजेश पोखरेल लगायत जेसीज अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

महासचिवहरुको शसक्तीकरण ”2024 Empowering SG “Fueling the Future” तालिमका प्रमुख प्रशिक्षक बिराटनगर जेसीजका पूर्व अध्यक्ष जेसी सेवक बजगाईं थिए भने विभिन्न शिर्षकमा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष जेसी रश्मि शिल्पकार, राष्ट्रिय तालिम आयोगका महासचिव सिनेटर सुमित मानन्धर ,’ग्रोथ एण्ड डेभलपमेन्ट कमिटी’ का प्रमुख जेसी विकास सापकोटाले प्रदान गर्नेछन । आफ्नो शाखालाई उत्कृष्ट बनाउन महासचिवहरुले कार्यक्रम संचालन, नेतृत्व विकास, भाषण कला र बैठकको निर्णय लेखन सँग सम्बन्धित तालिम प्रदान गरिनेछ । कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका वडा नं.१० का वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले आफ्नो पालिकामा भएका कपन तथा बुढानिलकण्ठ जेसीजसँग युवा लक्षित नेत्तृत्व विकासका तालिमको लागि सहकार्य गर्ने, सचिवालय निर्माण तथा जेसीज गतिविधिका लागि नगरपालिकाको तर्फबाट बजेट विनियोजनमा पहल गर्ने प्रतिवद्वता ब्यक्त गरे ।


कार्यक्रममा स्वागत मन्तब्य कपन जेसीजका निवर्तमान अध्यक्ष जेसी विश्व बल्लभ नेपालले सभापतित्व नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त जेसी सुयोग खरेलले गरेका थिए भने कार्यक्रम संचालन नेपाल जेसीज क्षेत्र ‘ग’ का तालिम आयुक्त सिनेटर हरिकृष्ण दाहालले गरेका थिए ।

प्रकाशित मिति: १ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com