काठमाडौँ । संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान अजित गोले संसद् भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

दोलखाका प्रहरी जवान गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले घटनाको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

‘बिहान ८ बजेर दुई मिनेटमा आवाज सुनिएको जानकारीमा आएको छ । घटनास्थलमा प्रहरी टोली गएको छ । के कारणले घटना भयो भन्ने बारे थप अनुसन्धान पछि थाहा हुन्छ’, उनले भने । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी जवान गोलेले आफैँ गोली हानेर आत्महत्या गरेको भन्ने जानकारी आएको बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरी जवान गोलेले २०७८ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: ६ असार २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com