नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।                                                  प्रचण्ड र आर्जु ले चुनावी सभामा दिएका छुट्टाछुट्टै अभिव्यक्तिमाथि केन्द्रित रहेर आयोगले मंगलबार आर्जु र प्रचण्ड माथी २४ घन्टे स्पष्टीकरण सोधेको हो ।                                                     प्रचण्डले चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा रूखवालाले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति दिएका थिए।

उता आर्जुले चार/पाँच जनाका दरले वैदेशिक रोजगारीमा युवालाई पठाउने तथा कांग्रेसलाई मेयर नजितेका ठाउँमा बजेट नपठाउनेजस्ता अभिव्यक्ति दिएकी थिइन्।                                   ति अभिव्यक्ति हरु माथि आयोगले स्पष्टीकरण दिन भनेको छ।साथ साथै त्यस्ता अभिव्यक्ति दिनुको अन्तरनिहीत मनसाय के हो भन्ने प्रश्नसमेत आयोगको छ ।

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com