काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले धेरै पछि क्रिकेट खेल्न पाउँदा आफूलाई डेब्यू गरेजस्तो लागेको बताएका छन् ।

वेष्ट इण्डिजमा टी–२० विश्वकप खेलेर शनिबार नेपाल फर्र्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले धेरै उतारचढावका बीच क्रिकेट खेल्न पाएको बताए ।

‘धेरै लामो समयदेखि क्रिक्रेट फिल्डमा पाइला राख्दा डेब्यू गरेजस्तो लागेको थियो’, उनले भने, ‘यहाँदेखि त्यहाँसम्म जाँदा धेरै अप्स एण्ड डाउन्सहरु भए, धेरै प्रेसर भयो ।’

आफूलाई विश्वकप क्रिकेट खेल्ने वातावरण बनाउन नेपाल क्रिकेट संघले मिहिनेत गरेको भन्दै उनले धन्यवाद दिए । ‘उहाँहरुले तिमी जसरी भए पनि विश्वकप खेल्छौं भन्नुभएको थियो’, सन्दीपले भने ।

प्रकाशित मिति: ९ असार २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com