झापा । झापाको एक ग्यारेजमा आगलागी भएको छ। आइतबार बिहान साढे ७ बजे अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा पदम बडीले निर्माण गरेको ग्यारेजमा आगलागी भएको हो।
अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागी हुँदा ग्यारेज भित्र रहेको गाडीका पाटपुर्जा, ग्यारेजको टहरो पुर्ण रुपमा जली नष्ट भएको छ। त्यस्तै, ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० असार २०८१, आइतबार
प्रतिक्रिया