नवलपरासी । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको निधन भएको छ । आज विहान ९ बजेतिर नवलपुरको मध्यविन्दु नगरपालिका २ सेहेरीमा नारायणी नदी किनारमा नुहाउन गएका ७२ बर्षीय मिलबहादुर थारुको गोहीको आक्रमणबाट निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार थारुले नुहाउने क्रममा गोहीले तानी नदीमा लगेको र डुबेको अवस्थामा उद्दार गरिएको थियो ।

स्थानीय र प्रहरीलको टोलीले उद्दार गरी हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको सरिरको खुट्टाको भाग गोहीले खाएको अवस्थामा फेला परेको छ । उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले उद्दार गरी लगेको थियो ।

प्रकाशित मिति: ११ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com