पोखरा । फेवातालमा डुबेर बुधबार बागलुङका ३१ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको छ । फेवातालमा मिसिने हर्पन खोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले बगाउँदा उनी बेपत्ता भएका थिए ।
उक्त खबर पाएपछि सशस्त्र प्रहरी बल कालिका गणको फेवातालस्थित एपीएफ रेस्क्यु वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोली उद्धारमा खटिएको थियो ।
उद्धार गरेर उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।
प्रकाशित मिति: १३ असार २०८१, बुधबार
प्रतिक्रिया