काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो समय समाचारहरूमा आएअनुसार कसैलाई पक्राउ गर्न प्रहरी नखटाइएको बताएको छ।

ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दै समाचारहरूमा आएअनुसार कसैलाई पक्रन प्रहरी नखटाइएको जानकारी दिएको हो।
सिआइबीले कसैलाई पक्राउ गर्न प्रहरी पठाएको भन्ने कुरा भ्रामक रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट विभिन्न व्यक्तिहरूको नाम तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी असत्य र भ्रामक विषयवस्तु राखी ब्युरो प्रमुख तथा ब्युरोका सूचना अधिकारीसँग प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुसी आमजनमानसमा भ्रम सृजना गरी, अराजकता फैलाउने उद्देश्यले कपोकल्पित समाचार बनाएको उल्लेख गरेको छ।

प्रकाशित मिति: २० असार २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com