काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ।

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरेफाँटमा लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–६ अक्करे भीर र फिक्कल गाउँपालिका–२ सुम्नाम बेंशीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ।

दुई राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर तथा तराईबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै रोकिएका छन्।

यस्तै काभ्रेको रोशी गाउँपालिका-८ नार्के आसपासमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। विभिन्न स्थानमा पर्ने खहरे खोलामा लेदो थुप्रिंदा सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ असार २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com