काठमाडौँ । नारायणगढ मुग्लिन सडक खण्डको सीमलतालमा गएको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसमा सवार व्यक्तिका आफन्तलाई होटेल व्यवसायी संघ चितवनले खाने बस्ने व्यवस्था मिलाउने भएको छ ।

संघका अध्यक्ष लोकनाथ भट्टका अनुसार दुर्घटनामा परि बेपत्ता भएका व्यक्तिका उद्दारमा आउने आफन्तलाई खाने बस्ने व्यवस्था मिलाउन लागेका हुन् । चितवन होटेल व्यवसायी संघले दुःखमा परेका मानिसलाई मानवीय सहयोग गर्नुपर्ने महसुस गरेर उक्त निर्णय गरेको भट्टले जानकारी दिए ।

उनका अनुसार चितवनका होटेल व्यवसायी संघले उनीहरूको खोजीमा लाग्ने समयभर खाने र बस्ने खर्च संघले नै व्यहोर्ने पनि उनले जानकारी दिए । होटेल व्यवसायी संघ चितवनमा आबद्ध भएका ६ सय ३१ वटा होटेल छन् ।

प्रकाशित मिति: २९ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com