काठमाडौं । चितवन प्रहरीले भेटिएका शवहरू सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसमा सवार यात्रुहरू हुनसक्ने अनुमान गरेको छ ।

शव भेटिएकाहरूमध्ये अहिलेसम्म सात जनाको मात्रै सनाखत भएको छ । उनीहरूको आफन्तले शव जिम्मा पनि लिइसकेका छन् । तर, पाँच जनाको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीको भनाई छ ।

सनाखत हुनेमा सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार बेतिया बस्ने ३० वर्षीय सजाद अन्सारी रहेका छन् ।

त्यसैगरी चितवन भरतपुर २२ बस्ने २३ वर्षीय सुदीप विक र रौतहट जमुनामाई ४ बस्ने १७ वर्षीय राहुम मियाको शवको सनाखत भएको छ । भेटिएका शव मध्ये चार चार पुरुष र एक महिलाको शवको पहिचान खुल्न सकेको छैन । घटनास्थल सिमलताभन्दा ५० किलोमिटरदेखि एक सय किलोमिटर गण्डक ब्यारेजसम्म ती शव भेटेको हो ।

प्रकाशित मिति: ३२ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com