काठमाडौं । चितवन-नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गत असार २८ गते गएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको हो । घटनास्थलभन्दा १०३ किलोमिटर पर पर्छ । शव परिवारका सदस्यहरुले सनाखत गरेका हुन् ।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन् । दुवै बसका गरी अझै ४५ यात्रुको अवस्था अज्ञात छ । बसका ३ जना भने पौडिएर बाँच्न सफल भएका थिए ।

यात्रु तथा बसको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी गरी झण्डै ५ सय जना सुरक्षाकर्मीहरु परिचालित छन् ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com