काठमाडौं । काठमाडौं महानगरले बढेको तलब नदिएको भन्दै ११७ जना नगर प्रहरीले आन्दोलनको तयारी गरेका छन्।

युनिक सेक्युरिटीबाट काठमाडौं महानगरमा नगर प्रहरीको काम गर्दै आएका उनीहरु महानगरले बढेको तलब नदिएको र विभिन्न शीर्षकको भत्तासमेत उपलब्ध नगराएको भन्दै आन्दोलन गर्ने तयारीमा पुगेका हुन्।

महानगर प्रहरी सुनिल केसीले भने, हामीले युनिक सेक्युरिटीबाट काठमाडौं महानगरमा नगर प्रहरीको काम गर्दै आएको दुई वर्ष भयो। गत वर्षदेखि हाम्रो तलब बढेको थियो। तर बढेको तलब पाएका छैनौं। लुगाको पैसा पनि एक वर्षको बाँकी छ। त्यस्तै भत्ताहरु पनि बाँकी छ।

महानगरले दिनुपर्ने तलब र भत्ता तत्काल उपलब्ध नगराए काम नै ठप्प पारे आन्दोलन गर्ने केसीको भनाइ छ। महानगरले पाँच वर्षको लागि नियुक्ति गरेको भएपनि समय नपुग्दै निकालेको उनीहरुको आरोप छ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com