काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव भेटाएको छ । तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएको छ ।
भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपाल तर्फ ल्याएको सशस्त्र प्रहरी बलले जनाएको छ।
असार २८ मा चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।
सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । ७ जना पुरुष र दुई जना महिलाको शव सनाखत गर्ने प्रयास भइरहेको छ।
प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार
प्रतिक्रिया