काठमाडौँ । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पुनः पसिना आएको छ । भीमसेनको मूर्तिमा बुधबार दिउँसो साढे दुई घण्टा पसिना आएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी युवराज खड्काका अनुसार दिउँसो १२ बजेर ४५ मिनेट जाँदादेखि दिउँसो ३ बजेर १३ मिनेट जाँदासम्म शिलामा पसिना आएको हो ।

‘पसिना’ पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ । यसअघि शनिबारसमेत शिलामा पसिना आएको थियो । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ । शिलामा पसिना आउनुलाई राम्रो मानिदैन ।

प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com