नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा हिजोदेखि हराइरहेका ३० महिने बालक आज खोला किनारमा मृत अवस्थामा फेला परेका छन् ।

कावासोती ४ हसौरा निवासी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाती सुवास ढुंगाना आज बिहान सवा ९ बजेतिर कावासोती ४ हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

घटनास्थलमा अहिले प्रहरी पुगेर घटना स्थलको मुचुल्का तयार पार्ने काम भइरहेको उनले बताए ।बालक हिजो विहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासी बेपत्ता भएका थिए । उनको खोलामा बगेको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेपछि फेला पर्न सकेको थिएन ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com