काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको हाथरसस्थित आगरा-अलिगढ राजमार्गमा बस र भ्यान ठोक्किँदा चार बालबालिका र चार महिलासहित १५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मलामीबाट फर्किरहेका करिब ३० जना चढेको भ्यानले एक गाडीलाई ओभरटेक गर्ने क्रममा बससँग ठोक्किन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा ज्यान गुमाएकाहरूको सनाखत भइरहेको हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेहरूको उचित उपचार गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरसमा दुर्घटना अत्यन्त पीडादायी भएको उल्लेख गर्दै दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट जनही २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । साथै घाइतेलाई ५० हजार रुपैयाँ दिइनेसमेत उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com