काठमाडौं । नक्कली ऋणी बनाएर लिएको १ करोड ९० लाख ऋणबाट गोरखा मिडियाका प्रवन्ध निर्देशक रवि लामिछानेलाई नै ७ लाख दिएको सहकारी छानविन समितिको प्रतिवदेनले औंल्याएको छ ।कुमार रम्तेलको नाममा डमी (नक्कली) ऋणी खडा गरेर १ करोड ९० लाख रुपैयाँ गोरखा मिडियामै लगानी गरिएको भेटिएको छ ।

सहकारी छानविन समितिको प्रतिवेदनले बुटवलको सुप्रिम सहकारीमा कुमार रम्तेलको नाममा १ करोड ९० लाख रुपैयाँको ऋण खडा गरेर गोरखा मिडियामा लगेको भेटिएको छ ।

यस्तो रकमबाट ग्लोबआइएमई बैंकमार्फत गोरखा मिडियाको खातामा १ करोड ३३ लाख ५९ लाख ८० हजार रम्तेलको खतामा र ७ लाख रवि लामिछानेको खातामा जम्मा गरेको भेटिएको हो ।

यस्तो रकम भने कुमार रम्तेलकै नाममा ऋण कायम गरेको भेटिएको छ । यो रकम डमी ऋणी खडा गरेर भएको बया गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीले दिएको वयानमा उल्लेख छ ।

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com