काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । धेरै वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नहुँदा ठुलो मानवीय र भौतिक क्षति हुन दुःखद भएको उनले बताएका हुन्।

दसैँ तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरू अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि उनले आफ्नो गम्भीर चासो रहेको उल्लेख गरेका छन् ।

साथै उनले मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचार हुनु पर्ने भन्दै तदारुक प्रयत्न गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: १३ आश्विन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com