काठमाडौं – कोशी प्रदेश सरकारले सुनसरीको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ।

प्रदेश सरकारले केही दिनअघि मात्र संकटग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न समिति गठन गरेको थियो। तर, उक्त समितिले काम थाल्नुअघि नै सरकारले मंगलबार अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गर्‍यो।

प्रदेश सहकारी ऐनको दफा ८४ को उपदफा (२) अनुसार, सरकारलाई संकटग्रस्त सहकारी घोषणा गर्ने अधिकार छ। सहकारीका समस्या समाधान गर्न प्रदेश सरकारले गठन गरेको नयाँ समितिले यसको व्यवस्थापन गर्नेछ, सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए।

अम्बे सहकारीका सञ्चालकहरूले बचतकर्ताहरूको झन्डै ६१ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप लागेको छ। यसै आरोपमा सहकारीका अध्यक्ष फणिन्द्र मगरसहित सञ्चालकहरू शिला गजमेर, राहुल अग्रवाल र कुमार आलेलाई पक्राउ गरिएको छ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उनीहरूविरुद्ध ठगी मुद्दा दायर गरेको छ। सोही मुद्दाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अम्बे कोशी सहकारीले विराटनगर, बिराटचोक, र झापाको दमकमा समेत सेवा केन्द्रहरू सञ्चालन गर्दै आएको थियो।

 

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com