काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसके पनि अदालतका कारण रोकिएको बताएका छन् ।

बुधबार सम्पादकसँगको भेटमा प्रचण्डले कास्की अदालतले पक्राउ गर्नुपर्ने कारण नभएको राय दिएपछि सरकार पछि हटेको आफूलाई सूचना प्राप्त भएको बताए ।

उनले भने, “रविजीलाई पक्राउ गर्ने भनेर सरकारले सबै तयारी गरिसकेको थियो तर, कास्की जिल्ला अदालतले त्यस्तो समस्या छैन भनेपछि रोकिएको भन्ने मैले सूचना पाएको छु ।”

प्रचण्डले रवि लामिछानेको सहकारी प्रकरणमा त्यति ठूलो दोष नदेखिएको बताए ।

 

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com