काठमाडौँ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढाले’ माफी मागेका छन् । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको भएको अभिव्यक्तिका कारण आलोचित भएपछि उनले माफी मागेका हुन् ।
‘एक कार्यक्रममा आबेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उक्त शब्दलाई लिएर अभिनेता विराज भट्टले आपत्ति जनाएका थिए । विराजको चलचित्र ‘१२ गाउँ’ अहिले प्रदर्शनमा छ । माग्ने बूढा अभिनीत फिल्म ‘छक्का पञ्चा ५’ पनि चलिरहेको छ । सामाजिक सञ्जालमा छक्का पञ्जालाई लिएर भइरहेका प्रहारलाई लक्षित गर्दै माग्ने बुढाले उक्त अभिव्यक्ति दिएका थिए ।
प्रकाशित मिति: २७ आश्विन २०८१, आइतबार
प्रतिक्रिया