काठमाडौं । चर्चित पप गायक लियाम पेनको होटलको तेस्रो तल्लाबाट खसेर मृत्यु भएको छ । पप ब्याण्ड वन डाइरेक्शनमा आवद्ध रहेका ३१ वर्षका पेन अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा होटलको बार्दलीबाट खसेका हुन्।

प्रहरी घटनास्थलमा पुग्दा पेनको मृत्यु भइसकेको जनाइएको छ। लियाम पेन सन् २०१० मा एक्स फ्याक्टर टिभी शो मा गठन गरिएको प्रसिद्ध बॉयब्यान्डमा पनि थिए। ह्यारी स्टाइल्स, लुइस टमलिन्सन, नियाल होरान र जेन मलिक जस्ता कलाकारहरू पनि यस समूहमा परेका थिए।

ब्यूनस आयर्स प्रहरीका अनुसार घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानले लियाम पेनले सम्भवतः लागूपदार्थ र मदिराको सेवन गरेका देखाएको छ।
उनको पोस्ट मार्टमपछि अन्य जानकारी आउने सञ्चारमाध्यममा जनाइएको छ।

लियाम पेनको मृत्युको खबर फैलिने बित्तिकै उनका धेरै फ्यानहरू होटल बाहिर भेला हुन थालेका जनाइएको छ। जसका कारण प्रहरीले घटनास्थल घेराबन्दी गर्नुपरेको थियो ।

  • बीबीसी

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com