काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिमाथि उठाएका प्रश्नतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् ।                                                  उनले चीनविरुद्ध सक्रिय संस्थालाई आफू प्रधानमन्त्री भएको बेला रोक लगाएको दावी गर्दै छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताए ।                                                        सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले  बीआरआई लगायतका सहायता प्राप्त गर्ने सम्बन्धमा पनि सबै पार्टीहरुसँग सरसल्लाह गरिने भन्दै उक्त विषय राष्ट्रिय आवश्यकता, क्षमता र उपादेयताका आधारमा निर्धारण हुने बताए ।त्यस्ता विषयमा नेपाल सरकारले बुद्धिमत्तापूर्ण ढंगबाट निर्णय गर्ने पनि उनको भनाई थियो ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com