काठमाडौं । नेपाली बजारमा सुनको भाउले पछिल्लो दुई सातामा झण्डै ११ हजार रुपैयाँले गिरावट भोगेको छ । आज (आइतबार) सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । जुन शुक्रबारको तुलनामा १ सय रुपैयाँले कम हो ।

कात्तिक १५ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसयता लगातार घट्दै आएको सुनको मूल्य आजसम्म झण्डै ११ हजार रुपैयाँले घटिसकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा स्थिर छ ।

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com