काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार १ हजार १०० रुपैयाँले बढेको सुन आज ९ सय रुपैयाँले बढेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघले आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६३ हजार कायम भएको जनाएको छ।

मंगलबार एक तोला सुनको मूल्य १  लाख ६२ हजार १०० रुपैयाँमा पुगेको  थियो। त्यसअघि सोमबार  प्रतितोला चाँदी १ लाख ६१ हजारमा कारोबार भएको थियो। सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com