काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पका कारण नेपालमा मानवीय क्षति नभए पनि केही भौतिक संरचनामा भने क्षति पुगेको छ ।

मंगलबार बिहान ६:५० बजे तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७  म्यानिच्युडको भूकम्प गएको हो ।

गृह मन्त्रालयका अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । त्यस्तै रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ ।

ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  यता काठमाडौँको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एक जना घाइते भएका छन् । उनको अस्पतालमा उपचार जारी रहेको छ ।

त्यसैगरी, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको मन्त्रालयको भनाई छ । उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेका छन् ।

 

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com