आफ्नै घरमा श्रीमानबाट शारीरिक यातना पाएकी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको उपचारका क्रममा मृत्यु भएको छ। उनको सोमबार राती भरतपुर अस्पतालमा उपचार को क्रममा मृत्युु भएको हो ।                                                           ४० वर्षीय श्रीमान रामचन्द्र माझी बाट गत बिहीबार साँझ गीता कुटिएकी थिइन्।श्रीमानको कुटाईबाट ३८ वर्षीया माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो।

प्रत्यक्षदर्शी तथा उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेकाअनुसार गिता माझीको मलद्वारबाट लौरो छिराएर उनका श्रीमानले यातना दिएका थिए भने मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्‍ग र मलद्वारबीचको भाग पनि च्यातिएको बताईएको छ ।                                                  स्थानीयबासिन्दाले थाहा पाएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएकि गिताको निःशुल्क उपचारको व्यवस्था अस्पतालले मिलाएको थियो।
सोमबार दिउँसो शल्यक्रिया गरिएकि उनको राति १२ बजेतिर मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।                                          स्थानीयबासिन्दाले श्रीमानलाई प्रहरीको जिम्मा लगाएर गिता लाई अस्पताल पुर्याएका थिए ।यतिबेला श्रीमान रामचन्द्र माझी प्रहरीको नियन्त्रणमा छन्।

श्रीमान संगै खैरहनीको माझी बस्तीमा बस्दै आएकी गिताका तीन छोरी माध्ये एउटीको विवाह भइसकेको र अन्य दुई छोरी नवलपरासीस्थित मामाघरमा बस्दै आएका बताईएको छ । पहिले पनि रामचन्द्रले मदिरा सेवन गरेर श्रीमति संग झगडा गर्दै आउने गरेको स्थानियबासी बताउँछन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com