काठमाण्डाै – न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने काठमाण्डौ स्युचाटारका विकास खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।       कामदार भिसामा न्युजिल्यान्ड पठाइदिने भन्दै नवलपुरको कावासोतीका विकास जोशी र तनँहुको रिसिङका अमृत चन्दलाई १५/१५ लाख रुपैयाँका दरले रकम लिएर भागेका उनलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।           काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका खत्रीले न्युजिल्यान्डमा मासिक साढे २ लाख रुपैयाँ तलबको जागिर लगाइदिने भन्दै पैसा असुलेका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको बताईएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com