काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम दुरुपयोग प्रकरणमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पुरुषलाई समेत प्रतिवादी बनाइएको छ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ निवासी पुष्पराज पौडेल ‘पुरुष’सँग ४० लाख ७ हजार ७२३ रुपैयाँ बिगो माग गरिएको अभियोगपत्रमा उल्लेख छ।

गोरखा ग्रुप अफ कम्पनी प्रालिले कानुन विपरीत सहकारी संस्थाबाट लिएको ४० लाख ७ हजार ७२३ रुपैयाँको ऋण पौडेलको नाममा बिगो कायम गरिएको छ। यस मामिलामा प्रतिवादी शिवप्रसाद पौडेल र वीरबहादुर रानाभाटसँग पनि सोही बिगो माग गरिएको छ।

पुष्पराज पौडेल गोरखा ग्रुप अफ कम्पनी प्रालि र सुपर सिटी इन्टरप्राइजेज प्रालिका शेयरधनी रहेका छन्।

 

प्रकाशित मिति: २२ पुस २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com