काठमाडौं – तिब्बतको दिङ्गीलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान गएको ७.० म्याग्निच्युडको भूकम्पपछि परकम्प आउने क्रम जारी रहेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, मंगलबार दिउँसो साढे १ बजेसम्म ३ म्याग्निच्युडभन्दा माथिका ११० भन्दा धेरै परकम्प मापन गरिएको छ। केन्द्रका भूकम्पविद् भरत कोइरालाका अनुसार, परकम्पको संख्या अझै गणना गर्ने कार्य जारी छ।
कोइरालाले भने, “हिजो सञ्चारमाध्यमसँग व्यस्त हुँदा केही परकम्प मापन गर्न बाँकी छ। हिजो प्रत्येक आधा घण्टामा करिब १० परकम्प गइरहेको थियो। आज दिनभर पनि सबै परकम्प मापन गर्न नसकिने देखिन्छ।”
भूकम्प मंगलबार बिहान ६:५० बजे गएको थियो, जसको प्रभावले परकम्पहरूको निरन्तरता कायम रहेको छ।
प्रकाशित मिति: २४ पुस २०८१, बुधबार
प्रतिक्रिया