काठमाण्डाै – तारा एअरको विमान दुर्घटनामा मृत्युु भएकाकाे शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा परि मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।                                              विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव त्रिवि शिक्षण अस्पतालमा परीक्षण र बुधवार राति पोस्टमार्टम सकिएपछि हिजाे २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज बिहीवार दिउँसाे मृतकका परिवार तथा आफन्त लाई शव बुझाइएकाे हाे ।                                             गएकाे आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेकाे मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक र दुई जना जर्मन नागरिकको उक्त दुर्घटनामा परि मृत्यु भएको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com