चितवन –  साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता गरिँदैछ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयका अनुसार प्रहरीको पुरक अनुसन्धान प्रतिवेदनको अध्ययनपछि ठगी तथा संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गर्न लागिएको हो। उक्त मुद्दामा गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्था पनि प्रतिवादीका रूपमा समावेश गरिएका छन्।

Advertisement
Advertisement

यसअघि लामिछाने कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख तथा रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा १ करोड धरौटीमा छुटेका थिए।

सरकारी वकिल कार्यालयले प्रहरीको पहिलो प्रतिवेदन फिर्ता गरी थप अनुसन्धान गर्न निर्देशन दिएको थियो। त्यसपछि प्रहरीले बुझाएको नयाँ प्रतिवेदनका आधारमा मुद्दा दर्ता गर्न लागिएको हो।

 

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com