चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दायर गरिएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेसहित १५ जनालाई विपक्षी बनाउँदै चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।

चितवन जिल्ला अदालतकी वैतनिक वकिल सुनिता अधिकारीका अनुसार लामिछानेविरुद्ध ठगीसम्बन्धी मुद्दा दायर गरिएको छ। यसअघि पनि लामिछाने विभिन्न सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए।

Advertisement
Advertisement

गत माघ १३ गते रूपन्देही जिल्ला अदालतको आदेशपछि लामिछाने एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए। त्यसअघि, कात्तिक २ गते पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी काठमाडौंबाट पक्राउ परेका थिए। सोही मुद्दामा २५ पुसमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो।

त्यसैगरी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते उनी ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com