कोलम्बियाकी गायिका शकिराको सम्बन्धविच्छेद हुने भएको छ ।स्पेनका फुटबलर जेरार्ड पिके संग को झन्डै  १२ वर्षको वैवाहिक जीवन लाई पुर्णता दिदै सम्बन्धबिच्छेदको उक्त दम्पतिले निर्णय गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।                                                 सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कप फुटबलदेखि  नजिक भएका उनीहरूको विवाह सन् २०११ मा भएको थियो । ४५ वर्षकी गायिका शकिरा र ३५ वर्षका बार्सिलोनाका डिफेन्डर पिकेको  बीचमा दुई वर्ष अघिदेखि नै सम्बन्धमा खटपट आएको खबरमा उल्लेख छ । सम्बन्धविच्छेदपछि मिलेर छोराछोरीको अपनत्व लिने सहमति भएको खबरमा बताईएको छ ।                                                   ‘हामी अलग हुँदैछौँ भनेर पुष्टि गर्दा हामी निकै पछुताइरहेको महसुस गरि छौँ, तर हाम्रा बालबालिकाको कल्याणलाई उच्च प्राथमिकता दिएका छौँ, उनीहरूको गोपनीयतालाई सम्मान गर्न हामी सबै समक्ष अपिल गर्दछौँ’,उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com