काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा एकहजार रुपैयाँ घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ ।
विहीबार प्रतितोला १ लाख ७१ हजारमा खरिद बिक्री भएको सुन आज १ हजार रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला एक हजार ९९० मा किनबेच भइरहेको छ ।
प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार
प्रतिक्रिया