पाकिस्तानी चर्चित टीभी प्रस्ताेता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा. आमिर लियाकत हुसैनको असमायिक  निधन भएको छ । स्वास्थ्य समस्याका कारण अस्पताल पुर्याएका ४९ वर्षिय हुसैन अस्पताल पुगिसक्दा मृत्यु भइसकेको डाक्टरहरूले बताएका हुन् ।                                                    निधनको यकिन कारण थाहा भईनसकेका हुसैनको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुकी ५ बजेसम्म स्थगित गरिएको बताईएको छ ।                                                      धार्मिक टीभी कार्यक्रम ‘आलम अनलाइन’ बाट चर्चित डा. आमिर लियाकत हुसैन भर्खरै मात्रै आफ्नो तेस्रो विवाहलाई लिएर विवादमा मुछिएका थिए ।विवादमा मुछिएका हुसैनले सोही विवादका कारण देश छाड्ने घोषणा पनि गरेका थिए ।उनी सन् २०१८ मा पीटीआईको टिकटबाट चुनाव जितेर सांसद पनि भएका थिए ।

प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com