काठमाडौं – पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठले ऐतिहासिक जीत हात पारेका छन्।

३ हजार मतदातामध्ये १,१०२ मत प्राप्त गर्दै श्रेष्ठ अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी, माओवादी केन्द्र समर्थित विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मतमा सीमित हुनुपर्यो।

श्रेष्ठ हाल स्नातक तहको सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन्। सचिव पदमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १,०६४ मत प्राप्त गरी विजयी भए भने कोषाध्यक्ष पदमा नेपाली कांग्रेस निकट नेविसंघका अल्बर्ट ढकालले १,०४२ मत ल्याउँदै जित दर्ता गरे।

सत्तारुढ दल निकट नेविसंघ र अनेरास्ववियुको उम्मेदवारहरूलाई पराजित गर्दै श्रेष्ठ र सापकोटाले विजय हासिल गरेका छन्, जसले विद्यार्थी राजनीतिमा स्वतन्त्र उम्मेदवारहरूको प्रभावशाली उपस्थिति दर्शाएको छ।

प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com