काठमाडौँ । चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) प्रवेश गरेका छन्।
अधिकारीलाई बिहीबार (आज) संगठनको मातृपार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन्।
गत चैत ५ गते सम्पन्न मतदानबाट अधिकारी क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित बनेका हुन्।
क्रान्तिकारी प्रवेशपछि अधिकारीले आफूलाई जिताउने सबैलाई धन्यवाद दिँदै संयुक्त प्यानलको प्रतिबद्धता पत्र अनुसार नै आफूले विद्यार्थीको हक र हितको लागि लड्ने बताएका छन्।
प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार
प्रतिक्रिया