एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गोल्ड कार्ड भिसा कार्यक्रम आधिकारिक रूपमा सुरु हुनुभन्दा पहिले नै सुपरहिट भएको छ। अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले सोमबार एकै दिनमा १ हजार गोल्ड कार्डहरू बेचेको दाबी गरेका छन्।

एउटा गोल्ड कार्डको मूल्य ५० लाख डलर रहेको छ। अर्थात् एकै दिनमा ५ अर्ब डलर बराबरको कार्डहरू बिक्री भएका छन‍्।

हावर्डले मानिसहरू गोल्ड कार्ड लिन लाइनमा बसिरहेको बताए। यद्यपि, यो कार्यक्रम आधिकारिक रूपमा लगभग दुई हप्तापछि सुरु हुने छ। एलोन मस्क हाल यसका लागि सफ्टवेयरको विकास गर्दै छन्।

ट्रम्प सरकारले १० लाख गोल्ड कार्डको लक्ष्यका साथ काम गरिरहेको छ। ट्रम्पको प्रशासनले भन्यो, ‘यो धेरै गाह्रो छैन, किनकि संसारमा ३.७ करोड मानिसहरूले यसलाई किन्न सक्छन्। अमेरिकी सरकारले यस कार्यक्रमबाट उठेको रकम देशको ऋण घटाउन प्रयोग गर्ने छ।’

हावर्ड लुटनिकका अनुसरा गोल्ड कार्ड किन्नेहरूले अमेरिकामा अनिश्चित कालसम्म बस्ने अधिकार पाउने छन्। कार्ड किन्नेहरू कानुन पालना गर्ने व्यक्तिहरू हुन् वा होइनन् भनेर पनि अनुसन्धान गरिने छ।

यदि कार्ड खरिद गर्ने व्यक्ति गैरकानुनी गतिविधिमा संलग्न छ भने अमेरिकाले यो कार्ड सदाको लागि रद्द गर्न सक्छ।

ट्रम्प भन्छन्, ‘ गोल्ड भिसा कार्डले नागरिकहरूलाई ग्रीन कार्ड जस्तै विशेष अधिकार दिने छ। यो नयाँ भिसा कार्यक्रमले देशमा लगानी बढाउने छ। साथै ईबी-५ सम्बन्धी ठगी रोकिने छ र नोकरशाहीलाई नियन्त्रण गरिने छ।’

ट्रम्पले ‘गोल्ड कार्ड’ लाई ईबी-५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने बताए। हाल ईबी-५ भिसा कार्यक्रम अमेरिकी नागरिकताको लागि सबैभन्दा सजिलो बाटो हो। यसका लागि मानिसहरूले १० लाख डलर तिर्नुपर्ने हुन्छ। -एजेन्सी

प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com