काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन दाहाल) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्न माग गरेको दाबी गरिएको छ। सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एक स्टाटसमा उनले शाहको सेवा, सुविधा र सुरक्षा खारेज गरी गिरफ्तार गर्नुपर्ने उल्लेख गरेका छन्।
स्टाटसमा उनले भनेका छन्, ‘ज्ञानेन्द्रका समर्थकले राजावादीहरूको हिंसात्मक गतिविधिको भिडियो खिच्न गएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरेका छन्। तत्काल गिरफ्तार गरी मुद्दा चलाउनुपर्छ।’
प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार
प्रतिक्रिया