काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं सम्पर्कबिहीन भएका छन्। तिनकुने घटनापछि सामाजिक सञ्जालमा लेख्दै आफूलाई जहाँ बोलाए पनि हाजिर हुन तयार रहेको भन्दै टिप्पणी लेखेका थिए।

शुक्रबार साँझ साढे ११ बजेसम्म पनि उनलाई प्रहरीले फेला पार्न सकेको छैन। उनीसँगै हिंसात्मक आन्दोलनमा होमिएका रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपालसहित पाँच जना नेताहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ।

राजसंस्था पुनः स्थापनका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई पनि प्रहरीले घरभित्रै निगरानीमा राखेको छ।

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com