काठमाडौं । सांसद रेणुका गुरुङले प्रहरीले सलाम नगरेको गुनासो गरेकि छन् ।

प्रतिनिधि सभा बैठक कक्षका समस्या बताउने क्रममा आज सांसद गुरुङले प्रहरीले सलाम नगरेको गुनासो समेत गरेकी हुन् ।

शुक्रबारको बैठकमा उनले भनिन्, ‘माननीय भनेको सवैले मान्ने भन्ने व्यक्ति बुझिन्छ। सुरक्षाकर्मी कसैले अभिवादन गरेको छ, कसैले गरेको छैन। लापरबाही गरेको छ।’

उनले सांसदलाई कानुन निर्माण गर्न वातावरण चाहिने बताएकी छिन्।साथै संसद भवन सांसदहरुको कार्यालय भएकाले जताततै घुम्न पाउनुपर्ने उनले माग राखिन्।

 

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com