काठमाडौं । गत शुक्रबार तीनकुनेमा भएका प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शरीरमा गोली लागेको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा आज गरिएको पोस्टमार्टम रिपोर्टअनुसार उनको शरीरमा एक गोली लागेको पाइएको छ । प्रहरी स्रोतका अनुसार गोली दायाँ हातको कुहिनो नजिकको भाग हुँदै कोखबाट प्रवेश गरी ढाडबाट गोली निस्किएको छ।
प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार
प्रतिक्रिया