काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको सुनुवाइ सकिएको छ।
आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएको हो। आदेश आजै आउने बताइएको छ।
शुक्रवार रवि पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। तर उच्च अदालतले थुनामा पठाउने आदेश गरेपछि रवि जेल चलान भएका छन्।
प्रकाशित मिति: ३० चैत्र २०८१, आइतबार
प्रतिक्रिया