सरकारले मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी बेलायतमा नर्सलाई पठाउने तयारी सुरु गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन् ।
मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको बताए ।
प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलबार
प्रतिक्रिया