काठमाडौं । मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।

बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो।

पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे ।

उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ धुर जग्गा जोडेँ। त्यो जग्गा पनि उनकै नामबाट रजिस्ट्रेसन पास गराएँ। तैपनि मलाई धोका दिई उनले नयाँ पति वरण गरिन्।’

हरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्‍यो। हरेराम छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन्।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com