काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठकले मन्त्रीहरूका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । पार्टीले प्रस्ताव गरेको नयाँ नामलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको नेकपा एसका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

पार्टीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिस गरेको छ ।सोही नामलाई आज बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको नेता पाण्डेको दावी छ । मन्त्रीका लागि सिफारिस सो नाममा अहिले भइरहेका मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए ।

मन्त्रिमण्डल समावेशी नभएको, नयाँ मन्त्रीका लागि प्रस्तावित नाममा महिला नपरेको भन्दै उनीहरूले विरोध जनाएका थिए । उनीहरूले विरोध जनाएपनि पार्टीको निर्णयलाई केन्द्रीय कमिटिले अनुमोदन गरेको हो ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com